249
Shares
काठमाडौं, २४ चैत । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको मातृ कम्पनी ‘आजियाटा’ को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जब्बोर कायुमोभ नियुक्त भएको छ ।
आजियाटाको बोर्ड बैठकले कायुमोभलाई सीईओमा नियुक्त गरेको हो । योसँगै कम्पनीले यसअघिका सिइओ एन्डी चोङलाई बढुवा गर्दै मुख्य कम्पनी आजियाटामा नै फिर्ता बोलाएका छन् ।
एन्डी चोङ सन २०१९ नोभेम्बरमा एनसेलको सीइओ÷प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । नवनियुक्त सिइओ जब्बोर कायुमोभले यसअघि नै सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म स्मार्ट टेलिकमको सीसीओ÷सीइओ भएर काम गरिसकेका छन् ।
यो भन्दा अघि भने कायुमोभले सन् २०१० देखि २०११ सम्म ताजिकिस्तानमा सञ्चालित दूरसञ्चार टीसेलको सिइओ बनेर काम गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन