लागुऔषध सहित पर्सा, रौतहट र सर्लाहीमा ५ जना पक्राउ

93 Shares

सर्लाही, २४ चैत । नेपाल प्रहरीले सर्लाही, रौतहट र पर्सामा गरी पाँच जनालाई लागु औषध सहित पक्राउ गरेका छन् ।
सर्लाहीको ढुंग्रेखोलाबाट खटिएको प्रहरीले लागुऔषध नाइट्राभेट सहित दुई जनालाई पक्राउ गरेका छन् ।
बा. ३१ प. २३४२ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा हरिवन नपा १० बस्ने बर्ष ३५ का सोमबहादुर थापा र पछाडी बस्ने बर्ष १९ का रोजिस महर्जनले बोकेको झोलाबाट लागु औषध नाइट्राभेट १५ पिस र कोडवेल १ बोतल सहित पक्राउ परेका हुन् ।
दुबैजनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
यसैगरी रौतहटको गौर भन्सार एरियाबाट लागुऔषध सहित चन्द्रपुर नपा ४ बस्ने २२ बर्षिय मुन्ना साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट डाइजेपाम एम्पुल ११ पिस, प्रोमेथाजिन हाइड्रोक्लोराईड इन्जेक्सन ११ पिस, बुप्रेनेरफिन इन्जेक्सन १० पिस, नोरफिन १ पिस र अल्कोहल स्वाब २३ पिस बरामद भएको हो
साहलाई लागु औषध सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी रौतहटको हिरासतमा रहेको मधेश प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले बताए । यसैगरी पर्साबाट हेटौडा उपमहानगरपालिका ११ बुद्ध टोलका २७ बर्षिय राजिव गुरुंगबाट फेनारगन ३, डाइजेपाम ३ र नुर्फिन ३ एम्पुल बरामद गरेको छ भने जितपुरसिमरा २६ का २९ बर्षिय नरेनमगरलाई नाइट्राजेपाम ३० पिस, नाइट्राभेट ४५ पिस तथा विरगंज महानगरपालिका २ छपकैयाका ३२ बर्षिय शेख अब्बासलाइ लागुऔषध डाइजेपाम २ एमएलको २९ एम्पुल, नोरफिन २ एमएलको २९ एम्पुल, फेनारगन २ एमएलको २९ एमपुल सहित नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागु औषध सहित पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीको मधेश प्रदेश कार्यालय जनकपुरका प्रहरी प्रवक्ता एवं एसपी श्रेष्ठले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।