लखनउले सनराईजर्सलाई ५ विकेटले पराजित गरे

80 Shares

हैदराबाद, २५ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न भएको खेलमा लखनउ सुपरजाइन्टले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेका सनराइजर्सले फितलो प्रदर्शन गर्दै लखनउलाई १२२ रनको लक्ष्य दिए । लखनउले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लखनउका लागि कप्तान केएल राहुलले ३५ रन बनाए भने क्रुनाल पाण्डेयले ३४ रन बनाएका थिए । त्यस्तै कील मायेर्सले १३ रन बनाएका थिए भने मार्कस स्टोइनिशले अविजित १० र निकोलस पुरनले अविजित ११ रन बनाएका थिए । सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । सनराइजर्सका लागि राहुल त्रिपाठीले सर्बाधिक ३४ रन बनाए भने अनमोलप्रित सिंहले ३१ रन बनाए भने अब्दुल समादले २१, वाशिंटन सुन्दरले १६ रन बनाए । सनराइजर्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै लखनउका बलर क्रुनाल पाण्डेयले सर्बाधिक ३ विकेट लिए भने अमित मिश्राले २ विकेट लिएका थिए । त्यस्तै यश ठाकुर र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।
लखनउले तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ३ खेलमा ४ अंक भएको छ । त्यस्तै सनराइजर्स हैदरावादले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।