नयाँ दिल्ली, एजेन्सी । लद्दाखमा भारतले ४.१ किलोमिटर लामो सुरुंग मार्ग बनाउन लागेको छ । भारत सरकारले भारत चीन सीमा नजिक उक्त सुरुंग मार्ग बनाउने लागेको बताइएको हो । उक्त कार्यका
लागि ९४०० सुरक्षाकर्मी लद्दाख स्थित भारत चीन सीमा थप्ने योजना रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले परियोजनाहरूलाई अनुमोदन गरेको केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई उढृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
यो सुरुङमार्ग अहिले लद्दाख जाने सबैभन्दा छोटो मार्ग हुनेछ । यसले लद्दाखलाई वर्षभरि सम्पूर्ण देश संगको पहुँचको लागि योग्य बनाउनेछ । सन् २०२५ को डिसेम्बर सम्ममा उक्त परियोजना सम्पन्न हुने ठाकुरले बताए । यस्तै, मन्त्रीले कम्तिमा ९,४०० कर्मचारीहरू सहित सात नयाँ बटालियनहरु इन्डो—तिब्बत सीमा प्रहरी बलमा थपिने पनि बताए ।
यसले पूर्वाधार विकास र उत्तरी सीमानाका चार राज्य र एक केन्द्र शासित प्रदेशमा जीविकोपार्जनका अवसरहरुलाई निम्त्याउनेछ, उनले भने । कार्यक्रमले मानिसहरुलाई सीमा क्षेत्रमा आफ्नो मूल स्थानमा रहन प्रोत्साहित गर्न र यी गाउँहरूबाट बाहिरी बसाइलाई रोक्न मद्दत गर्नेछ, जसले सीमाको सुरक्षामा सुधार ल्याउन मद्दत गर्नेछ, केन्द्रीय गृह मन्त्रालयले एक विज्ञप्तिमा बताइएको छ ।
२०२० मा गलवानमा भएको झडपमा २० भारतीय सैनिक र अज्ञात संख्यामा चिनियाँ सेनाको मृत्यु भएदेखि एलएसीको साथ चीनसँग बढेको तनावको बीचमा यस्तो महत्वपूर्ण निर्णय आएको हो । यस कदमले सरकारलाई अरुणाचल प्रदेशका केही क्षेत्रहरु दाबी गर्ने चीनसँगको पूर्वी सीमानामा थप सावधानी अपनाउन र हिउँ पर्ने जाडो महिनाहरुमा लद्दाख र कारगिलका रणनीतिक क्षेत्रहरुमा छिटो पहुँच प्राप्त गर्न मद्दत गर्नेछ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन