कम्युनिष्टको कारण नेपाल आर्थिक रुपमा कमजोर बन्दै

100 Shares

श्रीमन नारायण

नेपालमा कम्युनिस्टहरूको प्रभाव किन यति बढी छ ? यसको सोझो जवाफ हो, यहाँ गरिबहरूको संख्या धेरै हुनु । नेपालमा गरिबहरूको संख्यामा कमी नआउन्जेलसम्म कम्युनिस्ट पार्टीहरू प्रतिको जनसमर्थनमा कमी आउने छैन । कम्युनिस्टहरू फस्टाउने भनेकै गरिबी र बेरोजगारीमा हो । त्यसैले नेपालबाट गरिबी हटोस् तथा बेरोजगारीको समस्या नरहोस् भन्ने चाहना देशका कम्युनिस्टहरूको हुनै सक्दैन ।

राजनीतिमा कम्युनिस्टहरूको अति प्रभावको कारण नेपालको आर्थिक विकासको गति अत्यधिक सुस्त रहेको छ । नेपालीहरू अहिले केवल श्रम मात्र बिक्री गरेर, रेमिट्यान्सको भरमा बाँच्नुपर्ने स्थितिमा पुगेका छन् । विगत तीन दशकभन्दा बढी समयदेखि कम्युनिस्टहरूले निरन्तर रूपमा नेपालको राजनीतिलाई अनिश्चित र अस्थिर पार्दै आएका छन् । कम्युनिस्टहरूकै कारण नेपालमा विदेशीले हस्तक्षेप बढाएका छन् । कम्युनिस्टहरूकै कारण नेपालमा बढदो चिनियाँ प्रभाववाट चिन्तित भएर अमेरिका, भारत तथा पश्चिमाहरूले पनि आफनो सक्रियता बढाएका छन् ।

साम्यवादको सैद्धान्तिक पक्षमा आधारित शासन व्यवस्था विश्ववाट प्रायः लुप्त नै भइसकेको छ । जुन देशमा यस व्यवस्थालाई आदर्श मानिएको हो, त्यसले पनि आफनो सिद्धान्तको आवरण फेरिसकेको छ । पुँजीवादी अर्थव्यवस्थालाई त्यहाँ पनि आत्मसात गरिएको छ । कार्ल माक्र्सको जर्मनी, लेनिनको रुस र माओको चीनमा पनि साम्यवादी अर्थ व्यवस्थालाई तिलान्जलि दिने काम भइसकेको छ तर तिनका नेपाली अनुयायीहरू अहिले पनि बामपन्थी अर्थनीतिलाई नै आत्मसात गर्न खोज्दैछन् । भारतको पश्चिम बंगालमा तीन दशकसम्म कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार रह्यो तर त्यसले आर्थिक प्रगति गरेन । त्यहाँवाट कम्युनिस्ट शासनको बिदाइ भएको डेढ दशक भइसकेको छ । पश्चिम बंगालका जनता अब कम्युनिस्ट पार्टीको नाम पनि सुन्न चाहन्नन् ।

सोभियत संघको विघटनपश्चात त्यसका कुनै पनि देश कम्युनिस्ट पार्टीको नाम पनि उचारण गर्न चाहन्न किनभने बामपन्थको नाममा जनतालाई केवल भ्रमित पार्ने काम मात्रै भयो । सत्ताको निर्मम प्रयोग र विशेष अधिकारको भय एवं लोभका आधारमा मात्र ती देशहरूमा शासन चलाउने काम भयो । कृषि क्षेत्रमा माक्र्सवादी प्रयोगले अझ बढी विध्वंश नै ग¥यो । किसानहरूको सोभियत संघ, चीन, उत्तर कोरिया, क्याम्बोडिया, इथियोपिया आदि देशहरूमा करोडौँ मानिस भोकले मरे तर शेष विश्वलाई दशकौँपछि मात्र यसको जानकारी भयो । कम्युनिस्ट पार्टीको शासन सत्ता अस्तित्वमा रहुन्जेलसम्म त्यसको कमी कमजोरी तथा विकृतिबारे विश्व जगतलाई थाहा भइरहेको हुँदैन ।

वर्गहीन राज्य, गैरदमनकारी राज्य तथा समतावादको यसको घोषित लक्ष्य समाप्त भइसकेको छ, वर्तमान अवस्थामा कुनै पनि देशका शिक्षित युवा कम्युनिस्ट विचारधाराप्रति सहानुभूति र समर्थन देखाउन चाहँदैनन । ०४७ सालदेखि अहिले सम्मको नेपालको राजनीतिक अवस्थावारे विचार गर्ने हो भन्ने ०४८ सालको आमनिर्वाचन सकिए लगत्तै नेकपा एमालेले आफना समर्थक कर्मचारीहरूको संगठन र शिक्षकहरूको संगठनमार्फत आन्दोलन सुरु गर्न लगायो । देशको कामकाज नै प्रभावित हुने गरी आन्दोलन हुन थाल्यो । ०५० साल जेठ ३ गते सोही पार्टीको महासचिव मदनकुमार भण्डारी र वरिष्ठ नेता जीवराज आश्रितको एक सडक दुर्घटनामा निधन हुँदा त्यसलाई मुद्दा बढाएर अनवरत रूपमा बन्द, हडताल तोडफोड र चक्काजामका अनगिन्ती घटना गरायो । यसको प्रभाव चारैतिर पर्न थाल्यो तर दुर्भाग्य विगतका तीन दशकमा सोही नेकपा एमाले पार्टीले आधा दर्जनपटक सरकारको नेतृत्व गर्ने र दर्जनौँपटक सरकारमा सहभागी हुने अवसर प्राप्त गरे पनि आजसम्म मदन भण्डारी जिप दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न सकेको छैन ।

नेकपा एमालले देशको राष्ट्रिय राजनीतिमा सुरुदेखि नै प्रभावकारी भूमिकाको निर्वाह गर्दै आएको छ तर कहिल्यै यसमा जिम्मेवारी बोध भएन । अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माणको कुरा साढे दुई दशकअघि नै चर्चामा आएको थियो तर अरुण आए राष्ट्रियता जान्छ भन्ने नारा दिएर यसले त्यतिवेला त्यस परियोजनाको निर्माण हुन एमालेले दिएन । आखिर देशले १९ घण्टा सम्मको लोडसेटिङ झेल्नुप¥यो । बिजुली र विकास एकअर्काका पुरक हुन् । बिजुली नभए विकास हुन सक्दैन । भारत र अमेरिकाको नाम सुन्ने बित्तिकै त्यसमा अनर्थ मात्रै देख्ने काम बामपन्थीहरूले गर्दै आएका छन् । चिनियाँ ऋणलाई पनि राष्ट्रहितमा र भारत तथा अमेरिकाको अनुदान सहयोगलाई पनि राष्ट्रको विरोधमा ठान्ने काम यिनीहरू गर्दै आएका छन् ।

वैदेशिक लगानीको रंग हेर्ने (कुन देशबाट आएको हो) काम भएपछि देश आर्थिक रूपले प्रगति कसरी गर्न सक्दछ ? माओवादीको एकदशक लामो सशस्त्र संघर्षका कारण देशका १७ हजार नागरिकले ज्यान मात्रै गुमाएनन् अपितु राष्ट्रको पनि खर्बौंको चल–अचल सम्पति नष्ट भयो । जग्गा धनीलाई त्रसित बनाई तिनीहरूलाई गाउँघर छोडन बाध्य बनाउने काम भयो र यसको सोझो असर कृषि क्षेत्रको उत्पादनमाथि पर्न गयो । कृषि उत्पादकत्व घट्दै गयो । अनावश्यक बन्द, हडताल, चन्दा, असुली र मजदुरहरूमा अनावश्यक मागहरूका कारण उद्योगधन्धा धराशायी हुँदै गए जसले गर्दा रोजगारका अवसरहरू चौपट हुँदै गए ।

नेपाली कांग्रेस र एमाले सरकारमा आउँदा आफ्ना समर्थक नेता र कार्यकर्ताहरूलाई माओवादीवाट पीडितको नाममा आर्थिक सहायता र अवसरहरू दिन थाले । जबकी माओवादी सरकारमा आएपछि राज्यवाट पीडित भएको नाममा आफ्ना नेता र कार्यकर्ताहरूलाई राहत सहायता र अवसरहरू दिँदै आएको छ, यसको सोझो असर देशको अर्थतन्त्रमाथि परेको छ । राष्ट्रिय राजनीतिमा हुने अनेक किसिमका उथुलपुथलले गर्दा आर्थिक विकासका लागि चाहिने अनुकूल वातावरणको निर्माण नै हुन सकेन । विकासको गाडी माओवादीको रक्तपूर्ण संघर्षका कारण झनै सुस्त भयो । माओवादीको सशस्त्र संघर्षमा बैंक लुटने, भौतिक संरचना ध्वस्त पार्ने, व्यापारीहरूलाई धम्काउने र चन्दा असुल गर्नेजस्ता कार्यहरू भयो, जसले गर्दा स्थिर र शान्त व्यापारिक वातावरण भयभित्र र तनावपूर्ण हुन पुग्यो ।

अहिले पनि भारत अथवा पश्चिम देशका लगानीकर्ताहरू नेपालमा लगानी र काम गर्न खोज्दा तिनका परियोजना स्थलमा विरोध प्रदर्शन गर्ने, अवरोध खडा गर्ने र सो पनि सम्भव नभए आफना समर्थक वकिललाई उचालीदिए र काममा रोक लगाउने अवस्था समान्य भइसकेको छ । यस्तो परिस्थितिमा नेपालमा वैदेशिक लगानी कसरी चिनिन्छ ? युवाहरू जीविकोपार्जनका लागि विदेश जान थालेका छन् । गाउँका गाउँ युवाविहीन अवस्था छ । देशका सफल श्रम शक्ति नै विदेश गएपछि देशको आर्थिक विकास हुन्छ, कसरी ? अहिले पश्चिमा देशहरू तथा भारत धनी हुन र उनीहरूसित पैसा पनि छ । विदेशमा गएर लगानी गर्न सक्ने अवस्थामा पनि छ तर कम्युनिस्ट शासन व्यवस्था भएको देशमा उनीहरू लगानी गर्न चाहँदैनन । कम्युनिस्ट शासन व्यवस्थाद्वारा कुनै राष्ट्रको आर्थिक विकास हुन सक्छ ? भन्ने कुरामा उनीहरूलाई पटक्कै विश्वास छैन ।

नेपालको राजनीतिमा कम्युनिस्टहरूको भूमिका निर्णायक र प्रभावकारी भएकोले नै पश्चिमा राष्ट्रहरूले नेपालमा उद्योग, व्यापार, व्यवसाय सञ्चालन गरेका छैनन् जबकी ती देशहरू चीनमा भने लगानी गरेका छन् किनभने त्यहाँ ठुलो बजार छ । छिमेकीको नाताले भारतले नेपालमा केही लगानी गर्न खोजे पनि कम्युनिस्टहरू आफ्नो टाउकोमा बोक्दै आएका राष्ट्रवादका भारी त्यहीनिर बिसाइदिन्छन् र विरोध प्रदर्शन हडताल गर्न थाल्छन् । नेपालमा लगानी गरेर यहाँ उत्पादित वस्तु चीनतर्फ जान दिन चीन पनि तयार छैन । नेपालका कम्युनिस्टहरूमाथि चीनको पनि विश्वास छैन । चीनले नेपालका कम्युनिस्टहरूको स्थिति र मनोविज्ञानको केवल उपयोग मात्रै गरेको छ, उनीहरूमाथि विश्वास गरेको छैन । होइन भने विगत सात वर्षदेखि उत्तरी सीमा नाकालाई किन बन्द गरेको होला ?

नेपालका कम्युनिस्टहरू आफनो स्वार्थ पूरा गर्न अमेरिकासँग पनि घाँटी जोड्न सक्छन् भन्ने अनुमान मात्रै होइन, विश्वास पनि चीनलाई छ, वर्तमान अवस्थामा नेपाल धनी र आत्मनिर्भर होस् भने चाहना चीनको हुनै सक्दैन । नेपालजस्तो राजनीति सदा अस्थिर रहने देशमा उसले लगानी पनि गर्ने छैन । उल्टो चीनले नेपाललाई आर्थिक रूपले कमजोर बनाएर, नेपालमाथि आफनो नियन्त्रण कायम गर्न चाहन्छ । उत्तरी नाका सुचारु हुन नदिएर नेपाली उत्पादनलाई विगत सात वर्षदेखि प्रवेश नदिनु यसैको उदाहरण हो । कम्युनिस्टको शासन गरिबहरूको हितमा रहेको व्याख्या गरिए तापनि यथार्थमा यो सिद्धान्तले केही नेताहरूलाई शासक हुन सहयोग गर्नुबाहेक थप केही गर्न सकेको छैन । नेपालको राजनीतिमा कम्युनिस्टहरूको भूमिका महत्वपूर्ण एवं निर्णायक रहुन्जेलसम्म नेपालले जतिसुकै उदार अर्थनीति निर्माण गरे पनि विदेशहरूले लगानी गर्ने सम्भावना देखिँदैन । नेपालमा गरिबीको निम्ति बामपन्थी नै जिम्मेवार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।