खजुरको नियमित सेवनबाट शरीरलाई फाइदा नै फाइदा

78 Shares

तपाईहरु कतिलाई थाहा छ कि खजुरलाई पोषक तत्त्वको शक्ति गृह भनिन्छ । यसमा प्राकृतिक चिनी मात्रै होइन, यसमा भिटामिन, आइरन, पोटासियम, क्याल्सियम, फस्फोरस पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने पोषक तत्त्वबाट शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ । जाडो, गर्मी वा वर्षा याम जुनसुकै मौसममा खजुर खान सकिन्छ ।
त्यसै हुनाले आज यस्तै सदाबहार खजुरको बारेमा केही रोचक जानकारी लिनुहोस ।
खाली पेटमा खजुर खानु बढी फाइदाजनक
भारतकी आयुर्वेद विशेषज्ञ डा. दीक्षा भावसारले सही समयमा खजुर खाँदा शरीरलाई बढी फाइदा हुने बताउँछिन् । आयुर्वेदका अनुसार बिहान खाली पेटमा खजुर खानुपर्छ । खजुरले शीतलता दिने भएकाले शरीरमा वात र पित्तको सन्तुलन कायम रहन्छ ।
हुन त एक वा दुई वटा खजुर दिउँसो खाजाको रूपमा लिन सकिन्छ वा मिठाई खान मन लागेमा खान सकिन्छ । खाना खाए लगत्तै खजुर नखानुहोस् । तौल बढाउन चाहनुहुन्छ भने राति सुत्नुअघि घिउसँग खजुर खान सक्नुहुन्छ ।
किन सुपरफुड हो खजुर
– प्राकृतिक चिनीको भरपुर मात्रा
– १५ प्रकारका मिनरल्स
– ६ प्रकारका भिटामिन
– १४ प्रकारका फ्याटी एसिड्स
– २३ प्रकारका एमिनो एसिड्स

हरेक दिन दुई खजुर खाए पुग्छ
शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउन दिनहुँ दुई वटा खजुर खानु पर्याप्त हुन्छ । पाचन प्रक्रिया ठिक छ भने चार वटा खजुर पनि खान सकिन्छ । जबकि बच्चाहरूलाई एक दिनमा एक भन्दा बढी खजुर दिनु हुँदैन । खजुरले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बढी मात्रामा खजुरको सेवनले रगतमा चिनीको मात्रा बढ्ने, छालामा बिमिरा आउने, तौल बढ्ने, हाइपरकेलेमिया, दम जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । पेट दुख्ने र पखाला लाग्ने पनि हुन्छन् ।
खजुरलाई ८–१० घण्टा पानीमा भिजाउनुहोस्

खजुर खानुअघि ८–१० घण्टा पानीमा भिजाउनुहोस् । पानीमा राख्दा खजुरमा पाइने ट्यानिन्स वा फाइटिक एसिड हट्छ । यसले पोषक तत्त्वहरूलाई राम्ररी अव शोषित गर्न अनुमति दिन्छ । पानीमा भिजाएर राख्दा पचाउन पनि सजिलो हुन्छ ।
रक्त अल्पता भएकाहरूले ३ महिनासम्म खजुर खानुपर्छ
खजुरमा फलामको मात्रा धेरै हुन्छ । भारतकी डायटिशियन डा. विजयश्री प्रसादले हेमोग्लोबिनको कमी भएका वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले दैनिक एक खजुर खानुपर्ने बताउँछिन् । २ देखि ३ महिनासम्म खजुर खाएमा तौल मात्र बढ्दैन, शरीरमा रगत पनि बन्छ ।
डा. विजयश्रीले भनिन्, ‘भिटामिन ए, बी र डी हुनुका साथै खजुर ऊर्जाको पनि राम्रो स्रोत मानिन्छ । फाइबर भएका कारण खजुरले पाचनतन्त्र लाई पनि उत्कृष्ट बनाउन मद्दत गर्छ ।’ नियमित रूपमा खजुर खाँदा कोलेस्ट्रोल कम हुन्छ । उच्च रक्तचाप पनि नियन्त्रण हुन्छ ।
बाथ रोगीले खानुपर्छ
खजुरमा म्याग्नेसियमको मात्रा बढी हुन्छ । त्यसैले बाथका रोगीहरूलाई धेरै फाइदा पुर्‍याउँछ । खजुरमा पोटासियम, बोरोन, क्याल्सियम, कोबाल्ट, कपर, फ्लोरिन, म्यागनिज, फस्फोरस, सोडियम र जिङ्क जस्ता १५ वटा खनिजहरू पाइन्छन् ।
जुन स्याउ, केरा वा सुन्तलामा पाइँदैन, त्यो खजुरमा मात्र पाइन्छ
खजुरमा पाइने प्रोटिनमा २३ प्रकारका एमिनो एसिड पाइन्छन् । यीमध्ये केही एमिनो एसिड सुन्तला, स्याउ र केरामा पनि पाइँदैन । खजुरमा भिटामिन सी, बी वान थाइमिन, बी टु, राइबोफ्लेविन, नायसिन र भिटामिन ए प्रचुर मात्रामा पाइन्छ ।
खजुरका यस्ता ९ गुण जसले यसलाई खास बनाउँछ
दाँतलाई बलियो बनाउँछ, खजुरमा फ्लोरिन पाइन्छ जसले दाँतलाई कमजोर हुनबाट रोक्छ ।
कब्जियत हटाउँछ, खजुरमा फाइबरको मात्रा बढी हुने भएकाले कब्जियत हटाउँछ ।
मुटुलाई स्वस्थ राख्छ, खजुरमा पाइने पोषक तत्त्वले हाम्रो मुटुलाई स्वस्थ राख्छ ।
कोलेस्ट्रोल घटाउनुहोस्, हरेक दिन एक खजुर खाँदा खराब कोलेस्ट्रोल पनि कम हुन्छ ।
हड्डीलाई मजबुत बनाउँछ, खजुरलाई क्याल्सियम, पोटासियम, फस्फोरस, तामा र म्याग्नेसियमको पावर हाउस मानिन्छ । यसले हड्डीलाई बल दिन्छ ।
मस्तिष्कलाई पोषण दिन्छ, मानसिक स्वास्थ्य सुधार गर्दछ, अल्जाइमर जस्ता रोगहरू नियन्त्रण गर्न मद्दत गर्दछ
स्ट्यामिना, शरीरको कमजोरी हट्छ, स्ट्यामिना बढ्छ ।
पायल्समा राहत, फाइबर प्रशस्त हुने भएकाले पायल्स भएकाहरूले पनि खजुर खानुपर्छ ।
स्वस्थ गर्भावस्था, फलामको मात्रा बढी हुने भएकाले गर्भवती महिलाको आहारमा खजुर समावेश गर्नुपर्छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।