मुम्बई, २६ चैत । आइपिएलमा मुम्बईको लगातार दोश्रो हार बेरोर्न बाध्य भएका छन् । आइपिएलको १६ औं संस्करण अन्तर्गत शनिवार राति मुम्बईको वाङखडे स्टेडियममा भएको खेलमा चेन्नई सुपर किंगले मुम्बई इन्डियनसलाई ७ विकेटले पराजित गरेका हुन् ।
बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ ।
आईपीएल इतिहासकै दुई सर्वाधिक सफल टोलीबीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए ।
चेन्नाइका लागि रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । पहिलो ओभरमै डेभोन कनवे आउट भएपछि क्रिसिजमा पुगेका रहानले दोस्रो विकेटका लागि रुतुराज गाएकवार्डसँग ८२ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । गाएकवाडले ३६ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ४० रन बनाए ।
यस्तै शिवम दुवेले २६ बलमा २८ रन बनाए । अम्बाटे राएडुले १६ बलमा अविजित २० रन बनाए ।
मुम्बईका लागि जासोन बेहरेनडोर्फ, पियुष चावला र कुमार् कार्तिकेयाले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । मुम्बइका लागि इशान किसनले २१ बलमा सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २२ बलमा ३१ रन बनाए । यस्तै तिलक बर्माले २२ र कप्तान रोहित शर्माले २१ रन जोडे । ह्रितिक शोकिनले अविजित १८ रन बनाए ।
चेन्नाइका लागि जडेजाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । तुसार देसपान्डे र मिचेल सान्टनरले २ २ विकेट लिए । सिसान्डा मागालाले एक विकेट लिए ।
दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाई चौथो स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि मुम्बइ भने अंकविहीन छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन