रौतहट, २६ चैत । रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा आगलागि हुँदा दर्जनौं घरहरु जलेर लाखौंको धनमाल क्षति भएका छन् ।
आईतवार दिउसो २ बजेको समयमा माधवनारायण नगरपालिकाको वडा नम्वर ४ विसुनपुर्वा मानपुर गाउँका जिउत मुखिया विनको घरबाट सल्किएको आगोबाट २१ जनाको घर पूर्ण रुपमा जलेर खरानी बनेका हुन् ।
फुस, खपडा र पक्कि घरहरु आगोको लप्काबाट पूर्णरुपमा जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दाहरु गौर र चन्द्रपुरमा रहेका बारुण यन्त्रलाई पठाउन भनिएपनि लामो दुरी रहेका कारण स्थानीय बासिन्दाहरुका साथै प्रहरीको सहयोगमा आगो माथि नियन्त्रण लिन निकै कठिनाई भए । निरन्तर रुपमा चलिरहेको पश्चिमा हावाको कारण आगो नियन्त्रण गर्न झण्डै २ घण्टा लग्यो, हामी आफै नियन्त्रणमा लिए, मानविय क्षति नभएपनि भौतिक रुपमा लाखौंको क्षति भएको स्थानीय पारस भण्डारीले जानकारी दिए ।
विसुनपुर्वा मानपुरमा आगलागिबाट भएको जनधनको क्षतिबाट अहिले यकिन विवरण आएको छैनन् । यस्तै परोहा नगरपालिकाको तेजापाकड गाउँमा पाँच घर र इशनाशमा पनि आगलागि भएको हुँदा आगलागिबाट भएका क्षतिहरु विस्तारै आउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले बताए ।
स्थानीय बासिन्दा पारस भण्डारीले पठाएको आगलागि भएको तस्वीर फिचर





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन