श्याम गुप्ता
बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई स्थायीत्व भएका पार्टी भनाउनेहरुको झण्डा, नाम, चुनाव चिन्ह गाउँ गाउँ सम्म पुगे पनि पार्टीको नारा बिचार सिद्धान्तले गाउँलेहरुको हृदयलाई अंकमाल गर्न नसकी समस्या जसको तस रहेको बताए ।
बारा क्षेत्र नम्बर २ मा आइतवार चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीहरु देशमा मात्र नभई बिदेशमा फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेहरुको मनलाई छुन नसेके पछि आँफुहरु उपस्थित भएको बताए ।
सभापति लामिछानेले वर्तमान परिस्थितीमा राजनीतीलाई सुदृढिकरण गर्दै अगाडी बढ्ने अभियानमा आफ्नों पार्टी रहेकोले समाजमा स्थापित राजनीती दलको उद्देश्यलाई जनता प्रति उत्तरदायी नबन्दा राजनीती गलत ब्याख्याको शिकार भएको हुँदा आफ्नों दल जनता प्रति समर्प्रित रहँने हाल सम्मको निर्वाचित सांसदहरुको प्रतुतिले प्रष्ट पारेको बताए ।
घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँन युवाहरुको बिद्रोह भएकोले घण्टीको पवित्रता नैं भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामीछानेले बताए ।
एक फरक प्रसंगमा लामीछानेले राजनीतीक दलहरुले आँफु भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आँफु निकटका टिकेलाई उम्मेदवार पठाउँने र दलहरु मिलेर जिताउँने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नु पर्ने बताए ।
मधेसी नेताहरुले यहाँका मुद्दाई प्रचार गर्ने र भजाउँने आधार बनाउँदै आएको स्थानीयहरुले बुझिसकेको हुँदा अब मधेशी जनतालाई कसैले झुक्याउँन नसक्ने दाबी गरे । लामीछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो स्थानमा रहेको जानकारी गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुँनु वा बाहिरको हुँनुले खास फरक नपर्ने लामिछानेको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापति सहिँत केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुँन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन