बाँके, २८ चैत । राजनीतिक संरक्षण पाएकाहरु मध्येका गुण्डा नाइके चक्रे मिलनका सहयोगीलाई बाँके प्रहरीले पक्राउ गरेका छन् ।
नेपालगञ्ज गएका बेला गुण्डा नाइके मिलनलाई “ए के ४७” हतियारबाट सु सज्जित भएर उनको स्कर्टिंग गरिएको भिडियो टिकटक मार्फत सार्वजनिक हुँदा उनका सहयोगीलाई बाँके प्रहरीले पक्राउ गरेका हुन् ।
मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएकोछ । जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी सन्तोष सिंह राठौरले पक्राउ परेका बोगटीको साथबाट घातक हतियार समेत बरामद गरिएको हो । प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उनले सो हतियार कुन प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा गहन अनुसन्धान भइरहेको उनले बताए ।
नेकपा एमालेमा रहेर राजनीतिक संरक्षण पाएका मिलन नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियार सहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको स्रोतको दाबी छ ।
चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइके मध्येमा पर्छन् । २०६२÷०६३ को जनआन्दोलन पछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको रवाफ चल्थ्यो ।
दीपक मनाङे मार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानी पोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । पछिल्लो दशकमा प्रहरीले गुण्डागर्दीमा संलग्नविरुद्ध आक्रामक नीति लिएसँगै उनीहरुले राजनीति दलहरुको शरण लिएर जोगिन थालेका छन् ।
दिपक मनाङे त गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री समेत बनिसकेका छन् । गणेश लामा सत्तारुद्ध नेपाली कांग्रेसमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन