82
Shares
काठमाडौं, २९ चैत । बाराको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पक्षमा संयुक्त प्रचारप्रसार गर्ने प्रदेश अध्यक्षहरुले निर्णय गरेको छ ।
बारा २ मा उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादव, लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको सहभागितामा भएको बैठकबाट उक्त निर्णय गरेको हो ।
सो क्षेत्रमा जसपाबाट यादव, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन