79
Shares
धनगढी, २९ चैत । बैतडीको पाटन नगरपालिका वडा नं. ८ मा कार दुर्घटना हुँदा एकै गाउँको ६ जनाको मृत्यु भएको छ ।
खोडपेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको कार गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका वडा नं. ८, झाउलेक स्थानमा दुर्घटना भएको हो ।
कार सडकबाट करिब ५ सय मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् । दुर्घटनाको कारण खुलेको छैन । कारमा सवार ११ जना मध्ये ५ जना हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन