80
Shares
नयाँ दिल्ली, २९ चैत । इन्डियन प्रिमियर लिगमा मुम्बइ इन्डियनले मंगलबार राति दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा पराजित गर्दै विजयी शुरुआत गरेको छ ।
पहिलो जितपछि मुम्बईले ३ खेलबाट २ अंक जोडेको छ । दिल्लीको अरुन जेटली स्टेडियममा ६ विकेटले पराजित भएको दिल्लीले लगातार चौथो हार बेहोरेको हो ।
दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्यलाइ मुम्बइले अन्तिम बलमा पूरा गरेका छन् । अन्तिम ओभरमा जितका लागि ५ रन मात्र आवश्यक रहेका बेला दिल्लीका एनरिक नोर्कियाले सुरुको ५ बलमा ३ रनमात्र दिएपछि मुम्बइलाई खेल जित्न अन्तिम बलमा २ रन चाहिएको थियो । अन्तिम बलमा मुम्बईले २ रन बनाइ विजयी भए ।
टिमले ११ बलमा अविजित १३ रन जोडे । मुम्बइका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रन बनाए । कयामरुन ग्रीनले ८ बलमा अविजित १७ रन बनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन