72
Shares
महोत्तरी, २९ चैत । काम गरेवापतको ज्याला माग गर्दा महोत्तरीमा एक मजदुर माथि अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ ।
महोत्तरी स्थित लोहारपट्टी नगरपालिकामा काम गरे वापतको ज्याला माग गर्न जाँदा मजदुरलाई निर्माण व्यवसायी कृष्ण मिश्रले अमानवीय व्यवहार गरेको हो । प्रहरीले हाल मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।
मिश्रले स्थानीय मजदुर २१ वर्षीय मोबारक नद्दाफलाई चोरीको आरोप लगाउँदै चोकमा बाँधेर कालोमोसो दलि कुटपिट गरेका छन् ।
मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेर अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन