सर्लाही, २९ चैत । मलंगवा–नवलपुर सडक खण्डमा पर्ने गैर देखि मलंगवा सम्मको सडकमा बर्षौ देखि रोकिएको कालोपत्रेको काम सुचारु हुँदा सर्वसाधारण हर्षित भएका छन् ।
पूर्व पश्चिम राजमार्ग संग सर्लाही सदरमुकाम मलंगवालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेका उक्त सडक खण्डमा बर्षौ देखि विवादको कारण कालोपत्रे हुन नसकेको थिएनन । विवाद साम्य भएपछि कालोपत्रे गर्ने काम सुचारु भएपछि स्थानीयहरु हर्षित भएका हुन् डिभिजन सडक कार्यालय चन्द्रपुर इन्जिनियर शिवनारायण साहले गैर बजार देखि मलंगवा सम्मको १२.५ किलोमिटर खण्डमा माथिबाट अर्को लियरको कालोपत्रे थप गर्ने काम भइरहेको बताए ।
प्राविधिक रुपमा यसलाई ‘अस्फाल्ट ले’ भनिन्छ । यसरी कालोपत्रे थपिएपछि सडक थप मजबुत हुने इन्जिनियर साहको कथन रहेको छ । ढुकुचु कन्ष्ट्रक्सन मार्फत सडकमा कालोपत्रे थप गर्ने काम भइरहेको उनले भने ।
गैरदेखि नवलपुर खण्डको सडकलाई पनि हुलाकी सडक आयोजनाबाट कार्यालय मातहत ल्याउन पहल भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले बताए । वर्षौसम्म असाध्य जिर्ण अवस्थामा रहेको नवलपुर–मलंगवा सडक तीन वर्षअघि कालोपत्रे भएको थियो ।
सडक कालोपत्रे भएपछि अहिले पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट सदरमुकाम मलंगवा सम्म आवतजावत गर्न निकै सहज भइरहेको स्थानीयले बताएका छन् । जिल्लामा अहिले पूर्व–पश्चिम हुलाकी सडकमा पनि धमाधम कालोपत्रेको काम चलिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन