59
Shares
अमेरिकी, २९ चैत । ट्विटरको मालिक एलन मस्कले बीबीसीलाई आफू निकै सम्मान गर्ने बताएको छ ।
मस्कलाई अन्तरवार्ताको लागि अन्तिम समयमा किन मान्नुभएको प्रश्नमा उनले भने, ‘अहिले धेरै कुरा चलिरहेको हो । खासमा भन्ने हो भने म बीबीसीलाई धेरै सम्मान गर्छु ।
यो साक्षात्कार केही प्रश्न सोध्नका लागि, केही प्रतिक्रिया पाउन र केही भिन्न कुरा गर्न सकिन्छ कि भनेर थाहा पाउने यो राम्रो मौका हो भनेर पनि म तयार भएँ ।’
मस्कले यसबारे हाँस्दै भने, ‘बीबीसीलाई राज्यको लगानीमा चलेको मिडियाको ट्याग मन परेन ।’ यसबारे बीबीसीका संवाददाताले भने, ‘बीबीसीले यो ट्यागलाई सिधै अस्वीकार गरेको छ ।’
त्यसपछि मस्कले ट्विटरको उद्देश्य पारदर्शी र इमानदार रहने बताउँदै ट्यागलाई अपडेट गर्न सकिने कुरामा पनि उनले सहमति दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन