61
Shares
सर्लाही, ३० चैत । नेपालमा रेल्वे कम्पनीले जयनगरदेखि बर्दिवाससम्म रेल संचालनको लागि २३४ कर्मचारीको आवश्यकता रहेको भन्दै यातायात व्यवस्था मन्त्रालयलाई प्रस्ताव गरेको छ ।
नेपाल रेल्वे कम्पनीले गरेको संगठन संरचना तथा कर्मचारी दरबन्दीको सर्वेमा बर्दिवासदेखि जयनगरसम्म रेललाई व्यवस्थित रुपमा संचालन गर्न २३४ जना कर्मचारीको आवश्यकता रहेको प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनमा रेल चालकसहित ८ जना सहचालकको आवश्यकता रहेको उल्लेख छ । त्यसै गरी प्रतिवेदनमा ईन्जिनियरदेखि रेल्वेमा काम गर्ने हरेक पदका कर्मचारीको संख्या उल्लेख गरी पठाइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाए ।
प्रतिवेदनको विषयमा मन्त्रालयले कुनै प्रक्रिया अगाडि नबढाएकोले सो प्रतिवेदन अहिले सार्वजनिक गर्न नमिल्ने नेपाल रेल्वे कम्पनीका एक कर्मचारीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन