55
Shares
काठमाडौं, ३० चैत । ब्यागेज हयाण्डलिङमा खटिने नेपाल एयरलाइन्सको कर्मचारीलाई गोजीसहित पोशाक दिएको छ ।
नेपाल वायुसेवा निगमले बिहीबार यसबारे जानकारी गराएको हो । यात्रुको चेक्ड ब्यागेज फुट्ने र चोरी हुने घटनाबारे यात्रुका गुनासा बढेसँगै नेपाल एयरलाइन्सले ब्यागेज हयाण्डलिङ सेवा सुधारमा यस्तो कदम चालिएको बताएको छ ।
वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना लगाइएको समेत निगमले जनाए । अब ब्यागेजको सुरक्षामा छुट्टै कर्मचारी समेत खटाउन थालिएको छ ।
ब्यागेज सम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलस्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा क्रियाशील गराइएको छ । यसका साथै सीसीटीभी र सुरक्षाको निगरानी समेत चुस्त बनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन