रौतहट, १ बैशाख । गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले गौर नगरपालिका वडा नम्वर ४ टिकुलियामा नवनिर्मित सामुदायिक भवनको एक समारोहका विच उदघाटन गरे ।
शहरी विकास तथा भवन कार्यालय वीरगंज पर्साद्धारा गौर नपा ४ टिकुलियामा २६ लाख ८० हजार १५० रुपैया ८४ पैसाको लागतमा निर्माण भएको रामजानकी सामुदायिक भवनको शुक्रवार एक समारोहका बीच नगरप्रमुख साहले उदघाटन गरेको हो
रामजानकी सामुदायिक भवनको उदघाटन गर्दै नगरप्रमुख साहले टिकुलियाका जनताहरुलाई एक स्थानमा बसेर आफनो समस्या, विकास निर्माण, विभिन्न कार्यक्रमका लागि विद्यालय बाहेक अन्य कुनै उपयुक्त स्थान नहुँदा यहाँको जनताहरुको आवश्यक्तालाई मध्यनजर राख्दै आफनो विशेष प्रयासमा शहरी विकास तथा भवन कार्यालयद्धारा निर्माण गराई उदघाटना गर्न पाउदा निकै खुशी महसुस भईरहेको बताए ।
एक तल्ले भवनबाट पनि अपूरो रहेको तर तत्कालिन अवस्थामा समस्या टरेपनि रामजानकी सामुदायिक भवनको दोश्रो तल्ला थप गर्ने हेतु आफू निरन्तर प्रयास गरिरहने स्पष्ट पारे । नगरप्रमुख साहले निर्वाचित भएर आएदेखि नै नगरबासीको हितलाई सर्वोपरी ठानेर समस्या पहिचान गरी प्राथमिकतामा राखी समाधानको प्रयासमा निरन्तर रुपमा अघि बढिरहेको बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी समस्यालाई समाधान गर्न नगरदेखि लिएर प्रदेश, संघ र विभिन्न दात्री निकायहरुबाट अनुदानको व्यवस्थापनमा लागि परेको हुँदा आफनो कार्यकालमा गौर नगरलाई समृद्ध बनाई यहाँका नागरिकहरुलाई सुखी बनाउनु नै आफनो सपना रहेको छ त्यसै कार्यमा दिनरात मेहनेत गर्दै अघि बढिरहेको हुँदा सबै नगरवासीहरुको साथ र सहकार्य एवं सकारात्मक सहयोगको खाँचो औल्याए ।
नगरमा रहेका सडकहरुका स्तर उन्नती, नाला, विजुली, सडक बत्ती, मठ, मन्दीर, मस्जिद, झुलुंगे पुल, बरहवा ताल, लगायतका क्षेत्रमा आफूले विशेष जोड दिएर कार्यहरु द्रुत गतिमा अघि बढाएको गौर नगरप्रमुख शम्भु साहले भने ।
गौर नपा ४ का वडाध्यक्ष संजय गिरीको अध्यक्षतामा सम्पन्न रामजानकी सामुदायिक भवनको उदघाटन समारोहमा समाजसेवी पासपत यादव, शहरी विकास कार्यालयका कार्यालय प्रमुख मदन राय लगायत टिकुलियाबासीको उपस्थिति रहेको थियो ।
रामजानकी सामुदायिक भवन २०७९ पुस २० गते सम्झौता गरेर २०७९ चैत २० गते निर्माण कार्य सम्पन्न भएको स्थानीय बासिन्दा संजय सहनीले जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन