रौतहट, २ वैशाख । प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारीत बैठक शनिबार रौतहटको बंकुलमा सम्पन्न भएको छ ।
नेकपा एमाले मिसन ग्रास रुटका केन्द्रिय प्रतिनिधि अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त बिस्तारित बैठक सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गुप्ताले मिसन ग्रास रुट कार्यक्रमको बारेमा र त्यसको प्रभाब बारे जानकारी गराए । समाजलाइ सम्बृद्धि बनाउनको लागी पत्रकारको प्रमुख भुमिका महत्वपूर्ण भएको बताउदै एमाले नेता गुप्ताले पत्रकारको धर्म र मर्म अनुसार काम गर्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज कमल कुमार उपाध्यायले अब प्रेस चौतारी नेपाललाइ मधेश प्रदेशको सबैभन्दा बलियो संगठन भएको बताए । आउदा निकट दिन मै मधेश प्रदेशका ८ वटै जिल्लामा प्रेस चौतारी नेपालको संगठन अझ मजबुद बनाउने अभियान चलाउने केन्द्रिय सचिब उपाध्यायले जानकारी दिए ।
यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सदस्य केसी लामिछानेले नेपालको पत्रकारिता जगतमा प्रेस चौतारी नेपालको भुमिका बारे जानकारी गराए ।
यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिब श्याम बन्जाराले नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार प्रदेशले काम गरिहेको बताए । नेपाल पत्रकार महासंघको आउदो मधेश प्रदेश निर्वाचनमा प्रेस चौतारी टिमको जित निश्चत रहेको महासचिब श्याम बन्जाराले भने ।
कार्यक्रममा प्रेस चौतारी नेपालका मधेश प्रदेश सह इन्चार्ज तथा केन्द्रिय सदस्य अच्युत पौडेल,केन्दीय सदस्य संजय मिश्रा, प्रेस चौतारी मधेश प्रदेशका महासचिब गौतम श्रेष्ठले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले शुभकामना ब्यक्त मन्तव्य दिएको थियो ।
बैठकले प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष फणि महतको स्वास्थ्य उपचारको लागी ५१ हजार आर्थिक सहयोग गर्ने, नेपाल पत्रकार महासंघ रौतहट शाखामा भएका नया सदस्य तथा सदस्यता नबिकरणको सम्बन्धमा प्रभाबकारी भुमिका निर्वाह गर्ने बारे छलफल गरि निर्णय गरेको छ ।
प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त बिस्तारीत बैठकमा चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिनाले स्वागत मन्तब्य राखेको थियो ।
शाखाका सचिब मुकेश कुमार साहको संचालनमा भएको उक्त बैठकमा रौतहटका अग्रज पत्रकार अशोक कुमार पहाडी लगायत जिल्लभरीका प्रेस चौतारी नेपालमा आबद्ध सदस्यहरुको उपस्थीती रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन