जम्मु काश्मीर, एजेन्सी । दक्षिण काश्मीरको शोपिया जिल्लाको एक १० बर्षिया बालिकाले ३० दिनमा कुरानको अध्याय लेखेकी छिन् ।
शोपियाकी १० वर्षीया बालिकाले ३० दिनमा कुरानको ३० वटा अध्याय हस्तलिखित तयार गरेकी हुन् । किन्डरगार्टेन पब्लिक स्कूलमा कक्षा ५ मा अध्ययनरत चित्रागाम शोपियाका मकसुद अहमद गनीकी छोरी मुन्ताहा मकसुदले लगभग ७०० पृष्ठमा कुरान लेखेकी हुन् ।
समाचार एजेन्सी केएनओले मुन्ताहालाई उद्धृत गर्दै उनले कुरान पढ्न सुरु गर्दा उनी चार वर्षकी रहेको बताइएको छ । ’मैले मेरो नाजिरा पूरा गरिसकेको छु र आफ्नो हातले कुरान लेख्नु मेरो सपना थियो । फेब्रुअरीमा, मैले यसलाई लेख्ने निर्णय गरें र ६९२ पृष्ठहरूमा कुरान लेखन कार्य पूरा गरें,’ उनले भनिन् ।
’मेरो परिवारले मलाई यो प्रक्रियामा पूरै साथ दिए । म मेरो भाइ हाफिज साहिल गनीलाई धन्यवाद दिन चाहन्छु जो मेरो प्रेरणा हुन् र उहाँले मलाई मद्दत गर्नुभयो र मेरो नैतिक मनोबललाई बलियो बनाउनु भयो,’ उनले थपे ।
उनले युवाका नाममा सन्देश दिँदै समाजलाई राम्रो बनाउनको लागि मृत्यु पछिको जीवनलाई बढी प्राथमिकता दिनुपर्ने र सामाजिक कुरीतिबाट टाढा रहनु पर्ने बताएकी छिन् ।
उनले महिलालाई शिक्षा दिनु भनेको सम्पूर्ण परिवारलाई शिक्षित बनाउनु सरह मानिने तर शिक्षाले इस्लामबाट टाढा लैजान नहुने बताइन् । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन