मर्धर सिमसार क्षेत्रको जग्गा माथि भू माफियाको गिद्धे दृष्टि, आचार्यको संयोजकत्वमा संघर्ष समिति गठन

91 Shares

रमेश तिमलसिना
रौतहट, ४ वैशाख । जिल्लाको उत्तरी भेगमा अवस्थित मर्धर सिमसार क्षेत्रको जमिनलाई भू माफियाहरुले कब्जा गर्न थाल्दा स्थानीय बासिन्दाहरु सिमसार क्षेत्रलाई जोगाउन संघर्ष समितिको गठन गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ८ मा रहेका मर्धर सिमसार क्षेत्रको जमिन भु माफियाबाट जोगाउन मर्धर सिमसार बचाऊ संघर्ष समितिको गठन गरेको हो ।
पछिल्लो केही समय देखि सिमसार क्षेत्रका जमिन माथि गिद्दे दृष्टि राख्दै आएका माफियाहरु केही जग्गा कब्जा जमाउन सफल भएपछि स्थानिय बासिन्दाहरुको निन्द्रा भंग भई उक्त सिमसारको जग्गा जोगाउन अभियान संचालन गरेका छन् । सोही क्रममा स्थानीय बासिन्दाहरुको एक भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समितिको गठन गरिएको स्थानीय युवा सुदिप गिरीले बताए ।
समितिको सह संयोजकमा राजन कार्की र सचिबमा सरोज बछार रहेका छन । यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेर बहादुर तामाङ, थलराज भारती, तेज बहादुर महत, जंग बहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन ।
समितिले सिमसार क्षेत्रको संरक्षणको लागि सोमवार देखी नै नगर प्रमुख लगायतका निर्वाचित जनप्रतिनिधिहरु संग छलफल गरेर काम अगाडी बढाउने संघर्ष समितिका संयोजक शिवप्रसाद आचार्यले जानकारी दिए । मर्धर सिमसार बचाउ संघर्ष समितिले आज १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसंग छलफल गरेर ज्ञापनपत्र बुझाएको उनले भने ।
रौतहट जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भु माफियालले आफ्नो नाममा गरेपछि स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका छन् । भु माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको सेटिंगमा १० कत्ठाका दरले २० टुक्रा गरेका छन् । मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाबाट बुझिएको छ ।
सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गराइसकेका छन् । मर्धर सिमसार क्षेत्रको जग्गा भु माफियाबाट नामसारी बदर गराउने, संलग्न कर्मचारी देखि लिएर भु माफियाहरुलाई कारवाहीको दायरमा ल्याउन, दोषि जोकोहीलाई कानुन बमोजिमको कारवाही नगराए सम्म यो समिति चुप लागेर नबस्ने संयोजक आचार्यले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।