73
Shares
सुडान, ४ बैशाख । सुडानमा सैन्य समूहबीचको आपसी बिद्रोह अहिले देशभर फैलिएको छ ।
सेना र प्रहरी बिच हिन्सक झडप हुँदा हालसम्म ५० जना भन्दा बढिको मृत्यु भइसकेको छ भने सयौं मानिषहरु घाइते भएका छन् ।
सङ्घर्षको केन्द्रबिन्दु खार्तुम सहरका सडकहरू सुनसान देखिएका थिए । आइतबार दुवै समूहले यहाँका मुख्य सडक अवरुद्ध गरेका थिए ।
र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको द्वन्द्व अहिले देशव्यापी चर्किएको छ ।
यद्यपि, आइतबार आरएसएफले राजधानी खार्तुम र छिमेकी सहर ओमदुरमानका साथै पश्चिममा दारफुर र मिरोए एयरपोर्टको नियन्त्रण दाबी गरेको छ । द्वन्द्व स्थलबाट घाइतेलाई हटाउनका लागि आइतबार दुवै समूहले केही समयका लागि युद्ध विरामको घोषणा गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन