काठमाडौं, ५ वैशाख । आइएमईले नयाँ बर्ष २०८० को उपलक्ष्यमा “तपाईको मेहनतमा हाम्रो साथ” मूल नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउदा प्रत्येक साता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सातै प्रदेशबाट ७ जनालाई गरी ४ साताका २८ भाग्यशाली विजेताहरुलाइ उपहार स्वरुप जनही ७ हजार रकम प्रदान गरिने नयाँ अफर सार्वजनिक गरिएको हो ।
आइएमईले ल्याएको नयाँ बर्ष योजना २०८० बैशाख १ गतेदेखि लिएर ३१ गते सम्मका लागि योजना संचालनमा रहेन आइएमईले जनाएका छन् । विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरिने योजनामा सहभागी हुन सक्नेछ ।
योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आमसंचार माध्यम मार्फत सार्वजनिक गरिने आइएमईको केन्द्रीय कार्यालय पानी पोखरी काठमाडौंद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन