रौतहट, ५ वैशाख । काठमाडौं–निजगढ द्रुतमार्गलाई तीव्रता दिन आवश्यक नीतिगत निर्णय तत्काल गरिने प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले भनेको छ ।
प्रधानमन्त्री दहाले मंगलबार द्रुतमार्गको निरीक्षण पश्चात उक्त कुरा बताउदै मार्गको निर्माण कार्यप्रति सन्तोष व्यक्त गरेको हो ।
प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेल भित्र गएर पनि हे¥यौँ । ठूलो टनेल बन्दै छन्,’ उनले भने । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उनको भनाइ छ । ‘अब द्रुतमार्ग द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौं,’ उनले भने ।
‘फास्ट ट्रयाक निर्माणको जिम्मा कसलाई दिने भन्ने देशमा ठूलो बहस भएको थियो । त्यतिबेला म प्रधानमन्त्रीको जिम्मेवारीमा थिएँ । मैले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ । यसको शिलान्यास पनि निजगढमा मैले नै गरेको थिएँ,’ उनले उनले स्मरण गर्दै उक्त कुरा भने ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन