म्याग्दी, ५ वैशाख । म्याग्दीको अन्नपूर्ण हिमालको सफल आरोहण गरेर फर्किने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
अन्नपूर्ण हिमालको सफल आरोहरण गरेर फर्किने क्रममा तिन जना वेपत्ता भएका मध्ये एक जनालाई जिवितै उद्धार गरिएको र एक जनालाई मृत अवस्थामा फेला परे पनि अन्य एक अझै हराइरहेका छन् ।
काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनी मार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टर मार्फत आज दिउँसो जिवितै उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।
‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ । उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको जनाएको छ । उनीहरू दुवै जना आज बिहान देखि बेपत्ता भएका थिए ।
सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु अझै बेपत्ता छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलता पूर्वक आरोहण गरी आधार शिविर तर्फ फर्कने क्रममा सोमबार दिउँसो देखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएका छन् ।
उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चार वटा हेलिकोप्टर परिचालन गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन