70
Shares
चितवन, ६ बैशाख । उप निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ३२ थान हतियार मध्ये २ थान हतियार मात्रै बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पछि फिर्ता गरिएका २ हतियार बुझाइएको हो ।
वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजत प्राप्त हतियार बुझाउन अनुरोध गरिएका छन् ।
जिल्लामा अनुमति लिएर राखिएका १२ बोरको १४ थान, १३ बोरको १ थान, राइफल १० थान, एकनाले बन्दुक १ थान, दुईनाले बन्दुक १ थान र अन्य हतियार हुन् ।
इजाजत प्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार बरामद गरिने पण्डितले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन