सर्लाही, ६ वैशाख । नेकपा माओवादी केन्द्र निकट रहेका प्रेस सेन्टर नेपाल सर्लाहीको लेटरप्याड र लोगो दुरुपयोग गरी पैसा असुल्ने काम भइरहेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
प्रेस सेन्टर सर्लाहीले मंगलबार एक पत्र सार्वजनिक गर्दै एसपी गौरव भन्ने शंकर पहाडी र रितिक अधिकारीलाई सो कार्य तत्काल बन्द गरी ३ दिनभित्र स्पष्टिकरण दिन विज्ञप्ती मार्फत भनेको हो ।
प्रेस सेन्टर नेपाल सर्लाहीको आकस्मिक बैठकले पहाडी र अधिकारीले गरेको गतिविधि संगठनको विधान र भावना विपरीत रहेको ठहर गर्दै स्पष्टिकरण सोध्ने निर्णय भएको बताइएको छ ।
सो स्पष्टिकरण पत्रमा गौरव र अधिकारीले गरेका क्रियाकलाप कारवाहीको भागिदार रहेकाले ३ दिनभित्र स्पष्टिकरण बुझाउन, अन्यथा कारवाही हुने चेतावनी दिइएको छ । गत चैत ८ गते बागमतीमा संगठनको दोस्रो विशेष सम्मेलन गरी सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पहाडीले आफूलाई अध्यक्ष र अधिकारीले सचिव दावी गरी संगठनको छाप र लेटरप्याड दुरुपयोग गरी संगठनको जिल्ला सम्मेलन गर्नु पर्ने छ भनी पैसा असुल्दै हिँडेको व्यहोरा स्पष्टिकरणमा उल्लेख छ ।
प्रेस सेन्टर नेपाल सर्लाहीको नवगठित कार्य समितिका अध्यक्ष सिंहबहादुर थापा (श्रवण) ले हस्ताक्षर गरी सोधेका स्पष्टिकरणको बोधार्थ प्रेस सेन्टरको मधेश प्रदेश र केन्द्रीय समितिलाई पनि पठाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन