रौतहट, ६ वैशाख । रेल्वी लाइनको लागि ट्रयाक बनाउन रौतहटको चन्द्रपुर पौराई वागमती खण्डमा नापी नै नगरी टाँचा लगाएर अनाधिकृत रुपमा काठ कार्य भईरहदा प्राकृतिक सम्पदालाई मासिदै गएको पाइएको छ ।
वर्दीबास निजगढ रेल्वे ट्रयाक निर्माणको लागि चन्द्रपुर देखि पौराई बागमती सम्म घना जंगल रहेकोमा नापजाँच गरी आधिकारिक रुपमा वन कार्यालयबाट टाँचा लगाएपछि मात्रै रुखहरु कटान गर्नुपर्ने कानुनी प्रावधान भएपनि बलेरी रेन्जपोष्टका प्रमुखले हचुवाको भरमा आफूखुशी टाँचा लगाएर व्यापक संख्यामा रुख कटान गराएको आरोप स्थानीयहरुले लगाएको हो ।
पूर्व पश्चिम रेलमार्ग अन्तर्गत चन्द्रपुरको मरधर देखि बागमती सम्मको ११ किलोमिटरको ट्रयाक खोल्नको लागि रुखहरु धमाधम कटान भइरहेको छ । चेतनगर बनक्षेत्रको कटान भएको सालको गोलिया काठलाई वन कर्मचारीहरु बिक्री गरेको सार्वजनिक भएपछि उक्त कार्यको चौतर्फी आलोचना भइरहेको छ ।
पौराईमा रेल्वेको आडमा कटान भईरहेको रुख माथि अहिले कर्मचारी देखि लिएर तस्कर सम्म लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको आँखा लागेकोछ । त्यहाँ कार्यरत व्यक्तिका अनुसार वन कार्यालयले मापदण्ड पुरा गरेर रुखहरुमा टाँचा लगाएपछि मात्रै कटान गर्नुपर्ने तर वन कर्मचारीकै मिलोमतोमा कानुन वीपरित कार्य भईरहेको गम्भीर आरोप लगाए ।
कटान भएका काठका गोलियाहरु वन कर्मचारी नै गायव गर्दै
वन संरक्षण र रेखदेखको जिम्मेवारीमा रहेका वन कर्मचारीबाट पछिल्ला दिनमा तस्करसँग मिलेमतो राखेपछि रौतहटको वन मासिँदै गएको छ । गएको ४ गते रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहको क्षेत्रमा रेलमार्गमा पर्ने सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलिया काठ ठेकदारले घाटगध्दी गर्न तयारी गराएकै अवस्थामा सब डिभिजन वन कार्यालय चेतनगरका सहायक वन अधिकृत बालकिसोर सिंहले वृन्दावन नगरपालिकाको हर्षाहामा रहेको चिरान मिलमा अनधिकृत लाभ लिएर बिक्री गरेको खुलाशा भएको छ ।
रेलमार्गमा कटान भएको गोलिया काठलाई दाउरा बनाएर बिक्री गर्ने वन अधिकृतको जिम्मेवारीमा रहेका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गतको सब डिभिजन वन कार्यालय चेतनगरका सहायक बन अधिकृत सिंहले सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलियालाई तीन फिटको ६ टुक्रा बनाएर अनधिकृत लाभ लिएर बिक्री गरेको खुले पनि अझै उनी सोही कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
रेलमार्गमा कटान भएको गोलिया काठ डिभिजन बन कार्यालयको सशस्त्र बन रक्षक कार्यालय अगाडी र दाउरा भने सब डिभिजन बनकार्यालय जुडिबेलामा घाटगध्दि गरिएको बताउँछन् डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख सुनिलकुमार कर्णले । गोलिया काठ गायब भएको आफूलाई सुन्न आएको हुँदा त्यसको यथार्थ छानविन गरेर फिर्ता ल्याउने तथा दोषिलाई कारवाही गर्ने चेतावनी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन