58
Shares
महोत्तरी, ६ बैशाख । महोत्तरीको गौशाला नजिक बसले मोटरसाइकलमा ठक्कर दिदाँ एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको गौशाला सडक नजिकै भएको बस दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र गौशालातर्फ जाँदै गरेको प्र ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अञ्जू मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलिपकुमार गिरिले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन