80
Shares
पर्सा, ६ बैशाख । पर्सा प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू सहितको दुई ट्रक नियन्त्रणमा लिएको छ ।
विरगञ्जबाट धनुषा र सिन्धुली तर्फ जाँदै गरेको ट्रकमा बिलबिजक भन्दा बढीको विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
नियन्त्रणमा लिएका ना.३ ख ५३८४ र ना.३ ख ६०७५ नम्बरको मालवाहक ट्रकलाई खानतलासी गर्दा बिलबिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईको र विल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन