69
Shares
काठमाडौँ, ७ बैशाख । इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्टसले शीर्ष स्थानको राजस्थान रोयल्स विरुद्धमा लखनउले १० रनको जित निकालेको छ ।
आईपीएल लिगमा लखनउको चौथो जित हो । बुधबार सवाइ मनसिंह रङ्गशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य लिने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाएका छन् ।
जितसँगै ६ खेलबाट आठ अङ्क जोडेको लखनउ दोस्रो स्थानमा छ । समान खेलबाट आठ अङ्क जोडेको राजस्थान शीर्ष स्थानमा यथावत छ ।
प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बेङलोर र पन्जाब किङसबीच प्रतिस्पर्धा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन