नयाँ दिल्ली, एएनआई । भारतको जम्मु काश्मीरमा भारतीय सेना माथि कथित पाकिस्तानी आतंकबादीहरुद्धारा आक्रमण गर्दा पाँच सैनिक जवान शहादत भएको छ ।
भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको शहादत भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको हो ।
जम्मु कश्मीर स्थित पुँछ इलाकामा नियमित गस्तीमा गईरहेका भारतीय सेनाको गाडीलाई लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिक शहादत भएको छ ।
भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रमणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको शहादत भयो ।
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । शहादत भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो ।
आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन