89
Shares
काठमाडौँ, ८ बैशाख । आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट पुर्याउन माग गर्दै अर्थमन्त्रीलाई सुझाव पत्र बुझाइएको छ ।
शिक्षाको लागि राष्ट्रिय अभियान नेपालको अर्थमन्त्री डा.प्रकाश शरण महतलाई सुझाव पत्र पेस गरिएको हो ।
अर्थ मन्त्रालयमा भेट गरि आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको लागि कुल राष्ट्रिय बजेटको २० प्रतिशत छुट्टयाउन माग गरिएको थियो ।
राजनीतिक दलहरुले निर्वाचनका बखत घोषणा पत्रमा गरेको प्रतिबद्धता अनुरुप मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्ष २०८०–८१ मा विनियोजन गर्न माग गरिएको हो ।
एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षाको मौलिक हक कार्यान्वयन गर्न र अन्तरास्ट्रिय प्रतिबद्ता पूरा गर्न अपुग रहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन