रौतहट, १९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले थप एक चिनियाँ भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
चीनको सिनोभ्याक नामक कम्पनीले उत्पादन गरेको भ्याक्सिनलाई आपतकालिन प्रयोग गर्न अनुमती दिएको हो । डब्ल्युएचओले सम्पूर्ण देश‚ एजेन्सी र समुदायलाई विश्वास दिलाउँदै उक्त भ्याक्सिन सुरक्षित रहेको र भ्याक्सिनको अन्तरराष्ट्रिय मानकहरूमा खरो उत्रिएको जनाएको छ ।
अनुमति प्रदान गर्नुअघि भ्याक्सिनको प्रभावकारिता र असर तथा सुरक्षा सम्बन्धी अध्ययन गरिन्छ । अध्ययनका क्रममा सिनोभ्याकको भ्याक्सिन लगाएका मध्ये आधाभन्दा धेरैमा कोरोनाको लक्षण नदेखिएको‚ केहीमा सामान्य लक्षण मात्रै देखिएको र भ्याक्सिन लगाएका मध्ये कसैलाई पनि अस्पताल भर्ना हुन नपरेको बताइएको छ ।
डब्ल्युएचओले अनुमति दिनुअगावै केही देशले सिनोभ्याक भ्याक्सिनको प्रयोग थालिसकेका थिए । चीनसँगै ब्राजिल‚ इन्डोनेशिया‚ मेक्सिको‚ थाइल्याण्ड‚ टर्की लगायतका देशमा उक्त भ्याक्सिनको प्रयोग भइरहेको हो । सिनोभ्याकले डब्लुएचओले अनुमति दिनुअगावै ६० करोड डोज आपूर्ति गरिसकेको थिया े।
उक्त भ्याक्सिन १८ वर्षभन्दा माथिकालाई दिन सकिने बताइएको छ । अन्य भ्याक्सिन जस्तै सिनोभ्याक भ्याक्सिनको पूर्ण मात्र पनि दुई डोजको हुन्छ । पहिलो डोज लगाएको दुई देखि चार साता भित्र दोस्रो डोज लिनुपर्ने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन