70
Shares
वीरगञ्ज, १० बैशाख । बाराको क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा नक्कली मतपत्र सहित एक मतदाता पक्राउ परेको छ ।
बाराको देवताल गाउँपालिका वडा नं.७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेको हो ।
मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । यादव जनता समाजवादी पार्टी नेपालको नेता भएको आरोप लाएको छ । उनि जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् ।
यसैबीच, बारा– २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन