59
Shares
काठमाडौं, १० वैशाख । एक महिना देखि त्रिभुवन विश्वविद्यालय वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।
विश्वविद्यालयको बाटो हुँदै साँझ र बिहान आवत जावत गर्ने सवारीसाधन सँग जुध्ने र केही आक्रमण समेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।
त्रिवि केन्द्रीय क्याम्पसका प्रार्चाय ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्ष देखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिम बारे कुरा उठाउँदै आएका थिए ।
तत्कालीन समयमा सो चितुवा पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघि फेरि पासो थापिएको उनले बताए ।
चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फडानी गर्ने र मानिसको आवजजावत हुने सबै स्थानमा बत्ती जडान गर्ने कार्य भइरहेको पनि उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन