90
Shares
दाङ, ११ बैशाख । एमालेको नेतृत्वमा रहेका लुम्बिनी प्रदेशको सरकार ढलेको छ ।
८७ सदस्यीय प्रदेश सभामा ४४ सांसदको समर्थन आवश्यक थियो । एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाउदाँ सरकार ढलेको हो ।
मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेका छन् । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका हुन् ।
माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिएका हन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन