66
Shares
काठमाडौँ, ११ बैशाख । सुनको व्यापार गर्दा वाणिज्य बैंकहरुले ३५ करोड घाटा बेहोरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार १ सय १३.७० किलो अर्थात् ४२ अर्ब ७० करोड रुपैयाँ बराबरको सुन आयात गर्दै गर्दा वाणिज्य बैंकहरुले ३५ करोड रुपैयाँ घाटा बेहोरेका हुन् ।
बैंकले कुनै किसिमको व्यापार गर्न नपाउने व्यवस्था छ । तर, सोही ऐनको दफा ६५(१) बमोजिम बैंकले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद÷बिक्री गर्न सक्ने सुविधा दिएको छ ।
आफैमा विरोधावास यी दुई प्रावधानका बीच पनि सुनको खरिद बिक्री गरिरहेका बैंकहरुले आर्थिक वर्ष २०७८÷७९ मा ५७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सुनको कारोबार गरेको र उक्त कारोबारमा बैंकहरुलाई ३५ करोड रुपैयाँ (पुनर मूल्याङ्कन नोक्सान सहित) नोक्सान भएको महालेखा परीक्षकको ६० औं प्रतिवेदनले औंल्याएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन