67
Shares
बारा, १२ बैशाख । बारा निर्वाचन क्षेत्र नम्वर २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धन एवं जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले चार हजार मतको फराकिलो अन्तरबाट अग्रता बनाएर अघि चल्दैछन् ।
निकतटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ५७३ मतान्तरले पछि पारेका हुन् ।
मंगलबार बिहान ११.५ बजे सम्मको मत गणनाअनुसार यादवले १३ हजार ८०४ मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ९ हजार २३१ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५७७ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले २ हजार ३१ मत प्राप्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन