76
Shares
काठमाडौँ, बैशाख । किष्ट शिक्षण अस्पताल ललितपुरले कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ ।
किष्ट शिक्षण अस्पतालले विगत २ वर्ष देखि मिर्गौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो ।
कलेजो प्रत्यारोपण कार्यमा अस्पतालमा नेपाल तथा भारतका ४० जना दक्ष प्राविधिकहरू परिचालित थिए । उक्त शल्यक्रिया सम्पन्न गर्न भारतस्थित ईन्दप्रस्थ अपोलो अस्पतालका डा.निरभ गोयल, डा. अरुण कुमार भेनुथुरिमिल्लि र डा. सञ्जिव अनेजाको सहभागी रहेको थियो ।
प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्द राज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठलगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोईन्टेरोलोजी विभागका सदस्यहरूको सहभागिता रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन