राष्ट्रिय फोटोपत्रकारिता दिवस–२०८० को शुभ अवसरमा नेपाल फोटो पत्रकार महासंघ समस्त सदस्य, फोटो पत्रकार, क्यामेरा पर्सनलगायत शुभचिन्तकहरुमा हार्दिक शुभ कामना व्यक्त गर्दछ । नेपालमा यो दिवस हरेक वर्ष बैशाख १३ गते मनाउने गरिन्छ ।
हालसम्म थाहा भए अनुसार नेपाली पत्रकारिताको इतिहासमा बि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक फोटो छापिएको ऐतिहासिक दिनको स्मरण स्वरुप यो दिवस मनाउन थालिएको हो । हामीसँग एकातिर करिब एक शताब्दी नजिक पुग्न लागेको नेपाली फोटोपत्रकारिताको इतिहास छ भने अर्काेतिर पछिल्ला तीन दशकबाहेक यसको विकास र विस्तार खासै उल्लेख्य गतिमा भएन । यसका विभिन्न कारण रहेपनि बि.सं.२०४६ सालको सफल पहिलो जनआन्दोलनपछि निर्मित संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता भएपछि भने नेपाली पत्रकारिता र फोटोपत्रकारिता क्षेत्रले उल्लेखनीय फड्को मारेको देखिन्छ ।
एउटा भनाइ छ, हजार शब्दले वर्णन गर्न नसकेको विषय एउटा फोटोले अभिव्यक्त गर्दछ । समाचारमूलकलगायतका कुनै पनि घटना एवं गतिविधिको चित्रणलाई फोटोले जति यथार्थ र निष्पक्ष ढंगले संचारका अन्य कुनै माध्यमले गर्न सक्दैन । त्यसैले सचित्र विवरण वर्तमान युगको माग भइसकेको सन्दर्भमा संचारक्षेत्रमा मात्र नभई अन्य विभिन्न क्षेत्रमा यसको लोकप्रियता र उपयोगिता अझ बढदो क्रममा छ ।
विश्वभरी नै फोटोपत्रकारिताको गरिमा र प्रभावकारिताले उचाई लिइरहे पनि नेपाली फोटोपत्रकारिता क्षेत्र र फोटोपत्रकारहरु आफ्नो व्यवसायिक विकास र विस्तारमा अझै थुप्रै समस्या र चुनौतीहरुबाट मुक्त छैनन् । यिनै र यस्ता थुप्रै चुनौतीहरुको क्रमिक सुधार तथा समाधानका लागि सामूहिक पहल गर्ने उद्देश्यसहित २०७४ चैत्र २७ गते विधिवत दर्ता भई स्थापित महासंघले विगत पाँच वर्षभित्र थुप्रै ऐतिहासिक एवं रचनात्मक कामहरु गरेको छ । यस ऐतिहासिक घडीमा हामी नेपाल सरकार, संचारगृह, संचारसंस्था, संचारकर्मी र अन्य सम्वद्ध सरोकारवालापक्षहरुसंग सहकार्य गर्दै सबैको साझा प्रयासबाट जनहितमा फोटोपत्रकारिताको अझ विकास, विस्तार र प्रवद्र्धन गर्नका लागि आ–आफ्नो क्षेत्रबाट योगदान÷सहयोग पु¥याउन हार्दिक आव्हान गर्दछौं ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन