57
Shares
काठमाडौं, १३ बैशाख । इङवा हाइड्रोपावरले बुधबारदेखि आइतवार सम्म सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको छ ।
कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ जारी गरिसकेको हो । आइपीओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाए । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो ।
सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६ सय ५८ कित्ता र कर्मचारीको लागि २ प्रतिशत अर्थात् २९ हजार ८ सय ६३ कित्ता छुटयाइएको छ ।
बाँकी १२ लाख ६८ हजार ६ सय ३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन