जनक कार्की
सर्लाहीको बरहथवा नगरपालिका ८ टाँडीमा मुसहर महिलाहरु सशक्तिकरण मञ्च संग आबद्ध रहेकी महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४० जना बालबालिकाहरुलाई बिद्यालय भर्ना गराएका छन ।
चरम गरीबी र आर्थिक अभावको कारण अधिकांस मुसहर समुदाय गाँउबाट अन्यत्र ईटाभट्टामा श्रम गर्न जाने गर्छन । बाहिर जादा बालबालिकाहरु आफ्ना अभिभाबक सगै जाने हुदा मुसहर समुदायका अधिकासं बालबालिका पढने अबसरबाट बन्चित हुने गरेका हुन् ।
अशिक्षा, गरीबी र चेतनाको अभावमा दशकौ देखि शिक्षा जस्तो महत्वपुर्ण बिषयमा पछाडी परिरहेका सयौ मुसहर बालबालिकाहरुलाई पढाउन समुदायका महिलाहरु अग्रसर भएका छन । हिजोको दिनमा आफुहरुले नपढेर दुःख पाएपनि अब नयाँ पुस्ताका बालबालिकाहरुले पढनु अति अत्यावश्यक रहेको महसुस गर्दै महिलाहरुले जन्मदर्ता र बिद्यालय भर्ना अभियान संचालन गरेको मुसहर महिलाहरु सशक्तिकरण मञ्चका अध्यक्ष सरिता माझीले बताइन । सरिता माझीको अगुवाईमा श्री आधारभूत बिद्यालय आनन्दनगर टाँडीमा ४० जना बिद्यार्थी भर्ना गराएको हो ।
२३ जना छात्रा र १७ जना छात्र गरी ४० जान बालबालिकालाई भर्ना भएको प्रधानअध्यापक हरिशरण राय यादवले बताए । यति धेरै संख्यामा मुसहर बालबालिकाहरु पहिलो पटक बिद्यालय भर्ना भएको बताउदै महिला समुहलाई धन्यबाद समेत दिए । बिद्यालय भर्ना कार्यक्रम अन्तर्गत बिचमा बिद्यालय छाडेकाहरुलाई पनि पुनर भर्ना गरिएको छ । धेरै जस्तो नयाँ बालबालिकाहरुलाई भर्ना गरिएको समुहकी सचिब सम्झाबती माझीने बताइन । माझीले प्रधानअध्यापक समक्ष बिद्यालयले दलितको लागि पोशाक उपलब्ध गराउन अनुरोध गरिन ।
साप नेपालको आयोजनामा संचालित नेपालको स्थानीय सरकारमा लैङ्गिक उत्तरदायित्व तथा सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बरहथवा नपा वडा नम्वर ८, ११ र १३ मा ४ वटा समुह गठन गरेर मुसहर महिला सशक्तिकरण कार्यक्रमहरु संचालनगर्दै आएको छ । यस क्रममा बालबालिकाको जन्मदर्ता र बिद्ययालय भर्ना अभियान संचालन गर्दै आएका छन । यस क्रममा १ सय जना भन्दा बढि बालबालिकाको जन्मदर्ता गरेको ।
त्यती मात्रै नभई महिलाहरु समुहमा बचत गर्ने, आयआर्जन गर्ने, लैङ्गिक हिंसा, बालविवाह, जाँड रक्सी जुवातास बिरुद्ध अभियान संचालन गदै आएको साप नेपालका प्रादेशीक संयोजक जनक कार्कीले बताए । समुहमा आबद्ध भएर तालिम तथा रिफ्लेक्ट कक्षामा भाग लिएपछि मुसहर महिलाहरुमा चेतनाको विकास भएको कार्कीले बताए । सर्लाहीका बरहथवा, हरिपुर, चन्द्रनगर र बसबरीयामा मुसहर महिलाहरुको सक्रियतामा भर्ना अभियान संचालन उनले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन