काठमाडौं, १३ वैशाख । एएफसी यू–१७ महिला एसियन कप छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले इरानसँग बुधवार बेलुकीमा खेल्नेछ ।
समूह ए मा रहेको नेपाल र इरान बीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । नेपाली यू १७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ ।
पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहयको विजेता दोस्रो चरणमा पुग्ने छन् ।
आठ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहयको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू १७ महिला एसियन कपमा स्थान बनाउनेछ ।
नेपाली टोलीको छनोट
गोलकिपर सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी डिफेन्डर अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई
मिडफिल्डर माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ फरवार्ड सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ छनोटमा परेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन