59
Shares
जनकपुरधाम, १३ वैशाख । मधेश प्रदेशमा १ सय ३६ वटा पालिकाको माटो परीक्षण गरिने भएको छ ।
कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक प्रदेशको ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो ।
मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्ने बारेमा किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागेको कृषि मन्त्री बसन्त कुशवाहाले बताए ।
उनका अनुसार प्राविधिक टोलिले १ सय ३६ पालिकामा घुम्ती टेस्ट ल्याब मार्फÞत ३ दिन सम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन