96
Shares
काठमाडौं, १३ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारबाट असहयोग भइरहेको आरोप लगाए ।
मेयर शाहले संघीय सरकारबाट असहयोग गरेको भन्दै १७ बुँदा सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयबारे एउटा बुँदा समावेश गरेको छ ।
स्वास्थ्य मन्त्रालयको भवन नक्सामा तीन तल्लामात्र रहेका एकतल्ला थपिएको भन्दै २०५४ सालमा सोसाइटी अफ नेप्लिज आर्किटेक्सको तर्फबाट मच्छेन्द्रलाल कायस्थले सर्वोच्च अदालतमा रिट दिएको थियो ।
प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र न्यायाधीश अरविन्दनाथ आचार्यको संयुक्त इजलासले ९ असार २०५७ मा मन्त्रालय भवनको थपिएको संरचना हटाएर भवनलाई पहिलाकै अवस्थामा राख्न आदेश दिएका छन् ।
मेयर साहले २३ वर्ष पुरानो फैसलाको विषय उठाएर उक्त तल्ला फाल्न स्वास्थ्य मन्त्रालयले अटेरी गरेको उल्लेख गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन