55
Shares
गुल्मी, १४ बैशाख । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बुधबार राति १० बजेको समयमा जिल्लाको मालिका गाउँपालिका २ खल्टिङ्गखोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बागलुङको बढिगाड गाउँपालिका बलघासका १८ वर्षीय किशोर केसीको मृत्यु भएको हो ।
जिपका सहचालककोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
दुर्घटनामा जिप चालक २१ वर्षीय प्रेम बहादुर केसीको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको छ ।
जिप एक्कासि ब्रेक फेल भई सडक देखि करिब १५० मिटर तल खसेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन