काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा कतार सामु नेपालले फितलो प्रदर्शन गरेको छ ।
नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर मात्रै १५७ बनाउन सकेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन ग¥यो । लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनाएर कतारलाई जीतको लागि १५८ रनको चुनौती प्रस्तुत गरे । नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए ।
कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए भने आसिफ शेखले १९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेख ११÷११ रनमा आउट हुँदा अरु ब्याट्सम्यानले दोहोरो अंकमा पुग्न सकेनन् ।
कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट लिए । अब केही वेरमा १५८ रनको लक्ष्य लिएर कतार जवाफी ब्याटिंगमा उत्रिने क्यानले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन