73
Shares
काठमाडौं, १४ वैशाख । पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिकाका कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
साउदले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइ दिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएर पाइएको कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
साउदले पोर्चुगल पठाइ दिन्छु भनी अजरबैजान सम्म पु¥याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।
प्रहरीले उनलाई अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन